कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न:-रानीपोखरी काठमाडौं

  •   काभ्रे
  •   १७ भाद्र २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न- रानीपोखरी काठमाडौं

महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पाल र मातहतका प्रहरी कार्यालय महानगरीय प्रहरी परिसर,काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई बीच कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।

कार्यक्रममा प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पालले उक्त कार्यसम्पादन सम्झौताको उद्देश्य र लक्ष्यबारे जानकारी दिनुहुदै संगठन प्रमुखबाट महानगरीय प्रहरी प्रमुखसँग भएको कार्यसम्पादन सम्झौता र उपत्यकाको कार्यशैली अनुसार रहेको जानकारी दिनुहुदै उपत्यकाको शान्ति सुरक्षा कायम गर्नुभएकोमा गर्व महसुस भएको बताउनुहुदै कार्यसम्पादन सम्झौताले महानगरीय प्रहरीलाई पद्धतिगत रुपमा अग्रगमनमा लैजान सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्नेमा वहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *