काभ्रे मण्डन देउपुरका वडा अध्यक्ष विरूद्ध तालाबन्दी:-निरंकुश गतिविधिबाट स्थानिय जनता वाक्क दिक्क

  •   काभ्रे
  •   ११ असार २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे मण्डन देउपुरका वडा अध्यक्ष केशव तिमल्सिना विरूद्धतालाबन्दी
काभ्रे, बनेपा ।

तालाबन्दी

काभ्रे मण्डनदेउपुर नगरपालिकाका वडा सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि उनलाई क्वारेन्टाइनमा बस्न बाध्य पारिएको छ । २ नम्बर वडाका सदस्य राजकुमार मल्ललाई क्वारेन्टाइनमा बाध्य पारिएको हो । उनी केही समयअघि मलेसियाबाट फर्किएका थिए । वडाले गरेको काममा उनले प्रश्न उठाउन सक्ने भएकाले नगर सभाअघि घरबाट हिड्डुल गर्न नसक्ने गरी वडा अध्यक्ष केशव तिमल्सिनाको सिफारिसमा उनलाई क्वारेन्टाइनमा राखिएको हो एक स्थानियले भने । मल्ललाई  क्वारेन्टाइनमा राखिएको बारे नगर प्रमुख टोकवहादुर वाईवाले भने अनभिज्ञता जनाएका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष केशव तिमल्सिनाको निरंकुश गतिविधिबाट स्थानिय जनता वाक्क दिक्क भएको बताइन्छ । केही दिनअघि स्थानिय जनताले सडक निर्माणको विषयलाई लिएर वडा अध्यक्षको गैर जिम्मेवार जवाफका कारण वडा कार्यालयमा ताला लगाएका थिए । केही दिनअघि बालुवापाटीबाट कुन्तावेसि जाने प्रमुख सडकमा दुःधलगायत अन्य कृषिजन्य उत्पादनहरूको ढुवानी गर्न प्रयोग गरिने ट्याक्टरहरू प्रवेसमा स्थानीय कृष्णबहादुर तामाङसहितका व्यक्तिले रोक लगाएका थिए । र, बर्षातको समयमा ट्याक्टरले बाटो बिगार्ने हुदा बैकल्पिक बाटो खन्ने वडा अध्यक्ष तिमल्सिना, वडा सदस्य डम्बर तामाङकै उपस्थितिमा बृहत भेलाले निर्णय गरेको थियो । तर डोजर र स्काभेटरले सडक खन्ने काम सुरु गरेपछि वडा सदस्य डम्बर तामाङलाई पठाएको छु भन्दै अध्यक्ष तिमल्सिना पन्छिए । ग्रामिण सडक खन्ने क्रममा कृष्णबहादुर तामाङ, चतुरमान तामाङलगायतका केही स्थानीयले अवरोध गर्दा झडपको स्थिति सिर्जना भएको थियो त्यहाँ । दुई पक्षबीच झगडा चर्कदै गर्दा वडा सदस्य  डम्बर तामाङ पनि हिडिसकेका थिए । फोन गर्दा वडा अध्यक्षको गैर जिम्मेवारपूर्ण जवाफ सुनेपछि दुई तीन सय आक्रोशित भीडले वडा कार्यलयमा ताला लगाएको थियो । वडा नम्बर १ र २ को कार्यालय भएको कम्पाउण्डको मुल गेटमा ताला बन्दी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । नेपाली कांग्रेसका नेताहरूको पहलमा असार १० गते हुने नगरसभा सम्पन्न भएपछि  छलफल गरी निर्णयमा पुग्ने सहमति बमोजिम ताला खोलिएको थियो । छलफलको मिति निर्धाण नगरिएकाले फेरी कुनै पनि समयमा तालाबन्दी हुने सम्भावना छ ।
वडा अध्यक्ष तिमल्सिना विरुद्ध स्थानियले आर्थिक अनियमिततालाई प्रमुख विषय बनाएका थिए भने वडाबाट पाउने सेवा सुविधामा ढिलासुस्ती, बजेट विनियोजनमा मनपरी, योजना कार्यान्वयनमा अपारदर्शी लगायतका आरोपहरू लगाउँदै तालाबन्दी गरेका थिए । वडा अध्यक्ष केशव तिमल्सिनाको गतिविधिबाट स्वयं नेपाली कांग्रेस पनि आतंकित भएको बुझिएको छ । आफुलाई केन्द्रमा राखेर निर्णय गर्ने स्वभावका उनी अबसरवादी पनि छन् । स्थानिय निर्वाचनताका जिल्ला नेता एवं पूर्व सांसद कञ्चनचन्द्र बादे श्रेष्ठ निकट रहेका उनी अहिले केन्द्रीय सदस्य शिवप्रसाद हुँमगाई निकट पुगेका छन् । वडाको बजेट विनियोज गर्नु अगाडि टोलटोलको भेला गरी लोकतान्त्रिक विधि अनुरुप योजना छनोट गर्नु पर्नेमा उनको मौखिक आदेशमा योजना पर्ने गरेका छन् एक स्थानियले भने । त्यही वडामा पर्ने वालुवा माविको विद्यालय ब्यवस्थापन समिति गठन गर्न उनी असफल भएपछि नगरपालिकाले हस्तक्षेप गरी गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *