
काभ्रेपलान्चोक जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागी ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरी कार्यालय तथा मातहतका पोष्टहरुमा ‘चालकसंग ५ मिनेट अनुशिक्षण कार्यक्रम’ सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख राजेश शिलवालले बताएका छन।
जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय काभ्रेले विशेषगरी २ पाङ्ग्रे सवारी चालकहरुको लागी तयार पारिएको “चालक संग ५ मिनेट अनुशिक्षण कार्यक्रम 2 Wheeler Based Program” सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सिलवालले जानकारी दिए ।
दुई पाङ्ग्रे सवारी चालकहरुको लागी तयार पारिएको चालकसँग ५ मिनेट अनुशिक्षण कार्यक्रममा सवारी साधन चलाउँदा चालकले ध्यान दिनुपर्ने कुराहरु, अपनाउनु पर्ने सावधानी, सडकको अवस्थाको विषयमा जानकारी गराउँदै पर्चा पम्पलेट समेत वितरण गरिएकाे ट्राफिक प्रमुख शिलवालले जानकारी गराउनु भयाे ।