
काभ्रेमा जिल्लाव्यापी नृत्य प्रतियोगिता सम्पन्न

काभ्रेमा जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।काभ्रेको पनाैती नगरपालिकामा सम्पन्न नृत्य प्रतियोगितामा बिद्यासागर स्कुल बनेपा प्रथम, नमाेबुद्ध मावि धुलिखेल द्वितीय, ग्रेसल्याण्ड बाेर्डिङ स्कुल साँगा तृतीय तथा सुर्याेदय स्कुल पनाैतीले सान्त्वना पुरस्कार प्राप्त गरेकाे छ।

प्रतियोगितामा संजय शर्मा राज उपाध्याय, प्रदिप रमनसिंह डंगोल निर्णायक रहेका थिए । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई नगद तथा ट्रफी प्रदान गरिएको थियोे ।
पनाैती नगरपालिका प्रमुख रामशरण भण्डारीकाे प्रमुख अतिथि रहेकाे कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीहरुलाई पनाैती नगरपालिकाका उप प्रमुख गिता बन्जाराले पुरस्कार वितरण गरेका थिए ।
पनाैती नगरपालिकाकाे आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा जिल्लाका २५ विद्यालय सहभागी थिए । प्रतियोगिता नेवा हलिं गुठीले आयाेजना गरेको थियोे ।