काभ्रे जिल्लाका अनलाइनकर्मीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न,११ समन्वय सदस्य समिति गठन

  •   काभ्रे
  •   २ चैत्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे (बनेपा) – अनलाइन पत्रकारितालाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने विषयमा काभ्रे जिल्लाका अनलाइनकर्मीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काभ्रे जिल्ला आधार मानेर सञ्चालन भएका करिब ३० वटा भन्दा बढि अनलाईन प्राेटलका प्रतिनिधि भेला भई अनलाइन तथा सुचना सञ्चारसँग सम्बन्धित सबै संघ संस्थाका व्यक्तिहरुसँग छलफल गरिएको थियो । छलाफलमा अनलाइन पत्रकारितालाई व्यवसायिक ढंगले अगाडी बढाउनुपर्ने सुझाव नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमिल्सिनाले दिएका थिए ।

त्यस्तै अनलाइन सञ्चालन बारे मार्गनिदेर्शन गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, फोटो पत्रकार महासंघ बागमती प्रदेशका संयोजक केशवराज पौडेल, प्रेस संगठन काभ्रेका संयोजक सन्तोष चौलागाई, प्रेस चौतारी काभ्रेका संयोजक भुवन रायमाझी, टेलिभिजन ब्रोडकास्टिङ एसोसिएसनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी लगायतले सल्लाह सुझाव दिएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष महेश पाैडेल ,प्रेस युनियनका अध्यक्ष कपिल काेईरला ,नवराज बजगाई ,पेमा लामा ,शुभराज अधिकारी ,रमा दाहाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
उक्त कार्यक्रमको अध्यक्षता मणिराम दाहालले गरेका थिए भने कार्यक्रम सञ्चालन सुरज श्रेष्ठले गरेका थिए ।

बृहत छलफलपश्चात अनलाइनहरुलाई समन्वय र सहजीकरण गर्नका लागि केशवराज पौडेलको संयोजकत्वमा ११ सदस्य समिति गठन गरिएको छ । उक्त समितिले एक महिनाभित्र प्रारम्भिक भेला सम्पन्न गर्ने निर्णय गरेको छ । ११ सदस्य समितिमा सुरज श्रेष्ठ, मणिराम दाहाल, अशोक महत, विकास तिमिल्सिना, रामप्रसाद ढकाल, पुरुषोत्तम ढकाल, ज्योती श्रेष्ठ, जानुका खदाल, इन्द्र बहादुर थापा, चित्र तामाङ चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *