
काभ्रेपलान्चोक सेवा समाज कतारले नेपाल पत्रकार महासघ काभ्रेको आपतकालिन राहत कोषमा ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
हालै पत्रकार महासघ काभ्रेले जिल्लामा क्रियाशिल पत्रकारहरुको कोभिड उपचार, राहत तथा अन्य आपतकालिन सहयोगका लागी कोष संचालन गरेको थियो । काभ्रे सेवा समाज कतारका सदस्यहरु एवम कतारमा रहेका प्रवासी काभ्रेली बाट रकम सङ्कलन गरि महासंघको कोषमा सहयोग गरिएको समाजका कार्यबाहक अध्यक्ष सागर अधिकारीले जानकारी दिएका छन । कोषमा सागर अधिकारी, आशिष तिवारी, राम बुढाथोकी, गुणराज रायमाझी, महेन्द्र तामाङ्ग लगायत १९ जना प्रवासीबाट संकलित १२५० कतारी रियल बराबरको संस्थागत रूपमा जुटाइएको सहयोग रकम महासंघमा पठाइएको हो ।
पत्रकार महासघ काभ्रे शाखालाई सहयोग गरेकोप्रति महासंघले धन्यवाद व्यक्त गरेको छ । आगामी दिनमा पनि सेवा समाजबाट सहकार्यको अपेक्षा गरिएको महासङ्ह अध्यक्ष बद्रिराज तिमल्सिनाले बताएका छन । काभ्रे सेवा समाज कतारसँगको सहयोगका लागि अरनिको मिडिया गु्रपका अध्यक्ष शंकर अधिकारीले समन्वय गर्नुभएको थियो । विपतमा परेका नेपालीहरुका लागि बिगतमा पनि सेवा समाज कतारले सहयोग गर्दै आएको छ । पत्रकार महासंघ काभ्रे शाखाको आपतकालिन कोषमा यो समेत अहिलेसम्म ८ लाख बढी सहयोग प्राप्त भइसकेको छ ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
साथै काभ्रपचान्चोक सेवा समाज कतारले केही समयभित्रै जिल्लामा एम्बुलेन्स सेवा सुरु गर्न लागिएको पनि सस्था कार्यबाहक अध्यक्ष अधिकारीले जानकारी दिए ।