काभ्रेपलाञ्चाेक जिल्लाका एक पत्रकारमा कोरोना संक्रमण

  •   काभ्रे
  •   ११ भाद्र २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

भाद्र ११ गते

काभ्रेपलाञ्चाेक जिल्लाका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । हातको उपचार गराउन काठमाण्डौ स्थित बीर अस्पताल पुग्नुभएको उहाँको कोरोना परीक्षण हुँदा पोजेटिभ देखाएका हो ।

ट्रमा सेन्टरले अपरेसनका लागि स्वाब परीक्षणको रिपोर्ट ल्याउन आग्रह गरेपछि परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएको उहाले जानकारी दिनुभयो ।

४३ बर्षिय संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित पत्रकार होम आइसोलेसनमा बस्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *