काभ्रेपलाञ्चाेकमा स्वास्थ्यकर्मी र कर्मचारीमा काेराेना संक्रमण तिब्र

  •   काभ्रे
  •   ६ भाद्र २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

भाद्र ६ गते शनिबार

काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन दुई अस्पतालका ३५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएको छ ।

बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पताल बनेपामा २३ जना र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी १२ जनामा कोरोना संक्रमण देखिएको हो । स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी, विरामी समेत गरी २३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेमा जानकारी दिएकाे छ ।

स्पाईनल इन्जुरीमा ५९ जनाको परिक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टी भएको हो । त्यस्तै धुलिखेल अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि १४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

यो सँगै जिल्लामा संक्रमण हुनेहरुको संख्या १ सय ३९ पुगेको छ । जस मध्ये ४३ जना निको भएर घर फर्किसकेका छन् ।भने हाल सम्म काेराेनाबाट जिल्लामा २ जनाकाे निधन भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *