काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न

  •   काभ्रे
  •   २९ आश्विन २०७९, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न

घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान काभ्रेपलान्चोक जिल्ला समन्वय समितिको चौंथो जिल्ला अधिवेशन बनेपा न.पा. वडा नं. २ काभ्राबोटमा सम्पन्न भएकाे छ।

घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका केन्द्रिय महासचिव रामशरण घिमिरेको प्रमुख आतिथ्यता तथा काभ्रे जिल्ला घिमिरे समन्वय समितिका संयोजक अध्यक्ष चेतप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको छ ।

जिल्लाका विभिन्न स्थानमा छरिएर बसोबास गरिरहनुभएका बन्धुहरुलाई एकत्रित गर्दै आफ्नो कूल र वंशको खोजी अनुसन्धानमा सक्रिय रहनेगरी उक्त भेलाले चेतप्रसाद घिमिरेको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति समेत गठन गर्नुका साथै सल्लाहकार समिति तथा खोज अनुसन्धान तथा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन गरेको छ ।

बासुदेब घिमिरेले संचालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले आफ्नो कुल र वंशको खोजी गर्दै सबै घिमिरेबन्धुहरुलाई एकत्रित बनाउनु नै सबैको साझा उद्धेश्य रहेको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट करिब २०० घिमिरे बन्धुहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *