काभ्रेकाे खानिखोलामा कांग्रेस प्रवेशको लर्को बढेकाे छ ।
काभ्रे, बनेपा
काभ्रेपलाञ्चाेक जिल्ला खानीखोला गाउँपालिकामा पछिल्लो समयमा कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
७ वडाहरू मध्ये ६ वटा वडामा नेपाल कम्युनिष्ट पार्टीले बिजय प्राप्त गरेको यस पालिकामा स्थानीय गाउँपालिका प्रमुख र निर्वाचित वडा अध्यक्षहरूको मनोमानी र निरङ्कुश शैलिका कारण नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको एक नवप्रवेशिले बताएका छन्।
सम्पूर्ण क्षेत्रमा जनसहभागितामा नभई एकलौटी रूपमा स्थानीय जनप्रतिनिधिहरूले निर्णय गरेको र आफ्नो मनोमानी ढंगले बिकास निर्माण गरेको र विकास निर्माणमा चरम् लापवार्ही भएको तथा सम्पूर्ण योजनाहरू स्थानीय सरकार संचालन ऐन संग मेल खाने खालको नभयको स्थानीय जनताको आरोप छ ।

कम्युनिष्ट पार्टीले आफ्नो लागि मात्र गरेको र जनताको पक्षमा एक इन्च काम नगरेको भन्दै कम्युनिष्ट पार्टीले खानीखोलामा जनताको भावना अनुरुप काम नगरेको हुनाले आगामी निर्वाचनमा बढारिने पक्का छ भन्नु हुन्छ नेपाली कांग्रेस का स्थानीय नेता दोर्जेमान जिम्वा र टंक आचार्य ।
खानिखोला गा.पा ३ का प्रयास बल,नेत्र बल, लिला बल, पदम बल, मिलन त्यसै गरि २ को पाल्साङ थिङ, सरोज थिङ त्यसै गरि ३ का कान्छा लाल थिङ त्यसै गरि ४ का चन्द्र ब वाइबा लगायतका साथिहरु नेपाली कांग्रेसमा प्रवेश गर्नु भयको थियो। ने बि संघ काभ्रेका नेता प्रकाश वाईबाको सकृयतामा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका नव प्रवेशिहरूले राष्ट्रियता,लोकतन्त्र र समाजवादको पक्षमा एक मुठ्ठी सास र एक थोपा रगत छउन्जेल नेपाली कांग्रेसको लागि लागिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयको थियो। सोहि अवसरमा नेता च्याप्साङ रूम्बाले गाउँ गाउँ वस्ति वस्तिमा अहोरात्र संगठन गर्ने नेता तथा कार्यकर्तालाई गुटको नाममा विभेद नगर्न केन्द्र तथा जिल्लाका नेताहरूलाई अनुरोध गर्नु भयको थियो र खानिखोला कांग्रेस एक ढिक्का भएर अगाडि बढिरहेको र दालमा ढुंगा आईपरेमा ढुंगा टिपेर फ्याल्ने र दाल सफा बनाउने जनाउनु भएको थियो।
दुई दिन देखिको बर्षात,हिलो र पहिरोको सामान गर्दै आउनु भएका नेपाली कांग्रेस खानिखोलाको स्थानीय नेताहरूलाई गाउँपालिका अध्यक्षका उमेदवारहरु सादगि नेता गोपाल दर्लामीले एक पटक खानिखोला गाउँपालिका कांग्रेस मय भयको आफ्नो ईच्छा भयको हुनाले सोहि अनुसार गर्नु हुन सम्पुर्ण कार्यकर्ताहरूलाई निर्देशन दिनु भएको थियो। पाँचखालका मेयर युवाहरूको आशाको केन्द्र महेश खरेल, युवाहरूको ढुकढुकी युवा नेता गणेश लामा, पुर्व मन्त्रि कन्चन चन्द्र वादे, जिल्ला उपसभापति अच्युत पौडेल र जिल्ला सभापति मधु प्रसाद आचार्यले पनि सम्बोधन गर्नु भयको थियो।

उक्त कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका प्रवक्ता महेश पौडेल , क्षेत्रिय सचिव आनन्द सापकोटा (प्रतिनिधि सभा क्षेत्र नं २)युवा नेताहरू दिनेश भुर्तेल , मछिन्द्र कुमार लामा ,नारायण सापकोटा,कमल तामाङ, राजकुमार मल्लको पनि उपस्थिति थियो। बिशेष गरी नेपाली कांग्रेसको नियमावली २०७६ को बिषयमा प्रकाश पार्दै कांग्रेसमा गुट उपगुट नभएको र उच्च मनोबलका साथ संगठन बिस्तारमा लाग्न सम्पुर्ण नेताहरूले निर्देशन दिनु भयको थियो ।

उक्त कार्यक्रमको संचालन खानिखोला गाउँपालिकाका वडा अध्यक्षका उमेदवार तथा काभ्रेका उदयमान नेता क्षेत्र वाईवाले संचालन गर्नु भएको थियो । स्थान उपलब्ध युवा नेता रन्जिव श्रेष्ठज्यू ले गर्नु भएको थियो। कार्यक्रमले नेपाली कांग्रेस खानिखोलाको संगठन बिस्तारको लागि उर्जा प्रदान गरेको कार्यक्रमका ब्यबस्थापक नेपाल विद्यार्थी संघ का नेता प्रकाश वाईवाले बताउनु भएको थियो ।
