
काठमाडौं प्रहरीको सफलता १३ लाख ४३ हजार नगदसहित १५ जुवाडे पक्राउ
काठमाडौं, न्युरोड पिपल बाेटबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट १३ लाख ४३ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताए ।
पक्राउ पर्नेमा नरदेवी घर भएका पञ्चनारायण महर्जन र सितापाईला घर भएका कुमार लामिछानेसहित १५ जना छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको सिंहले बताए ।