
काठमाडौं जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा नेपाल प्रहरीले थप कडाइ गरिेको छ ।
काठमाडौका प्रहरि प्रमुख एसएसपी अशोक सिंहले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएकाले नियन्त्रणका लागि थप कडाइ गर्ने बताउनुभयो । काठमाण्डौका विभिन्न स्थानमा चेक पोष्ट राखेर जिल्ला प्रशासन कार्यलयले जारि गरेको नियम अनुसार चेक जाचँ गरिएको वरिष्ठ प्रहरि उपरिक्षक अशोक सिंहले जानकारि दिनुभयो ।

साथै उहाँले अत्यावश्य बाहेकका काममा घर बाहिर ननिस्कन पनि अनुरोध गर्नु भयो ।
यस्तै समाचार संकलन गर्ने सञ्चारकर्मीहरुलाई पनि सूचना विभाग र प्रेस रजिष्टारको कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मात्र हिडडुल गर्न दिइने भएको छ । यस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरुलाई पनि एक चौथाइ कर्मचारीमार्फत सेवा प्रवाह गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिएको छ ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न