
आइतबार काठमाडौंको विभिन्न चोकमा ट्राफिक प्रहरीले चेकजाँच कडा गरिएको पाइयो।
सरकारले लकडाउनको मोडालिटी फेरेपछि सडकमा खटिने ट्राफिक प्रहरीलाई झनै सकस बढेको छ। सवारीको सङ्ख्या थपिएका छन्। उल्लङ्घन गर्ने चालकको सङ्ख्या बढ्दै गएको छ।



कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा अझ कसिलो बनाउदै लगिएको छ आंशिक रुपमा निषेधाज्ञा उलंघन गरेर सडकमा निस्केका सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानमा खटेका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्दै आएका छन्
जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य चोक एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरूमा हुने भिडभाड कम गराउनका लागि ट्राफिक प्रहरी टोली खटिईएकाे ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले बताएका छन ।