
काठमाडौं । काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ । काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
६ जना सवार विमानमा दुईजना गम्भीर घाइते भएका छन् । अवतरणका क्रममा विमानमा आगलागी भएको थियो ।
आगलागीका कारण विमान जलेर ध्वस्त भएको छ । आगलागी नियन्त्रण गर्ने क्रममा दुईजना यात्रुको सकुशल उद्दार गरिएको थियो । एजेन्सी
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया