कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई छ वर्षपछि शुक्रबार पक्राउ

  •   धनुषा
  •   ४ श्रावण २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादी धर्मेन्द्र प्रसाद कलवारलाई शुक्रबार प्रहरीले पक्राउ गरेकाे छ ।

धनुषा, ४ साउन 

कर्तव्य ज्यान मुद्दामा ६ वर्ष देखि फरार रहेका प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने भारत वेतिया पश्चिम चम्पारण घर भएका ४६ वर्षीय धर्मेन्द्र प्रसाद कलवारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

२०७१ बैशाख ९ गते बारा तत्कालिन विश्रामपुर गाविस-९ स्थित गहुँ खेतमा  भारत रक्सौल घर भई पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने प्रमोद साहलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहि फरार रहेका कलवारलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरधामबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१९ गहवा टोलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *