कबिता:-“मलाई म बन्न देऊ”
स्वाभिमान भनौ या स्वार्थ हो मलाई म भन्दा प्यारो कोही लाग्दैन
नारी को गुण भन्दै , मैले पकाएको चिया मा मेरो मुल्यांकन गर्नेहरू रत्ती मन पर्दैन
मलाई एक बार को जिन्दगीमा कति मुल्यांकन मात्र गर्छौ ए समाज ,
अब त मलाई म बन्नदेउ

म गर्भ मै बिक्षिप्त ज्ञानि भएर आएकी होइन ,
सधै उचालेकै भए म बामे सर्दै, हिड्दै,दौडिने थिइन
त्यसैले तिम्रो नाम, काम र प्रतिस्ठा को छाहारिमा नभुलाउ मलाई , मेरो सानो बगैचा मा स्व्च्छन्द भई फुल्न देउ
मलाई अरु केही चाहिदैन , अब मलाई म बन्न देउ
सधै मैले राम्रै गर्छु र गर्नुपर्छ भन्ने के छ र ??
मलाई अन्धकार मा अन्दाजी हिंड्न् देउ,लहरा पहरा सङ जेलिन देउ,
तब त मैले आउने दिनहरु मा आफैले दिब्य दिप बाल्न सकु,
मेरा लागि लहरा पहरा तोडेर अनुपम गोरेटो खन्न सकु,
अरु के चाहिन्छ र , समय समय मा हौसला दिए पुग्छ मलाई ,,
””तिमी ,तिमी जस्तै बन भनेर ।””