
कबिता:-ए जिन्दगी किन त अझै बुज्दैनस
तेरा लागि तेरो बुबाले के चाहिँ गरेनन
आफुलाइ तितरबितर बनाएर तेरा सपना बटुलिदिए
आफ्नो सपना मारेर तेरो खुशी खोज्न मै लागि परे
तर खोइ तैले के सोचिस के गरिस तेस्तै छस
घरी घरी आफ्ना दाजुभाइले भरिया बनाएर भाचिएको
हड्डी घुडा घिसार्दै घिसार्दै तेरो लागि भरिया बनिरहे
तैले सुख दिन्छ्स ठूलो मान्छे बन्छ्स भनेर
तर खोइ ए जिन्दगी त तेस्तै छ्स त उस्तै छ्स
आफू च्यातिएको दौरा सुरुवाल लगाएर
तलाइ वर्षको तीन चार जोर लुगा लगाइदिन्थे
तेरा बा ले नपढे पनि आखिर धेरै बुद्धिवान थिए
मैले अक्षर नचिनेर के भोर तलाइ संसार चिनाउछु
छलिले छाएको झुपडीमा चुहिएको पानी साउने झरिमा
रात दिन नभनी नभनी आफू थापेर त र तेरो परिवार जोगाउथे
दिनु दुख कति दिए दिए छानो छाउन राखेको छली चोरेर
कहिले हलि बनाएर लुटे कहिले भरिया बनाएर लुटे
तेरो प्रगति नहोला इज्जत नगुमाउनु बुबा भन्ने गर्छन
वैमनस्य नबनेस मनुष्य बन्नु पर्छ बुजिस बुबा भन्ने गर्छन
हो धन भन्या हातको मैला हो हेर पखालिन्छ कुनै दिन
तैले गरेको कार्यले कहिलै पनि पुर्खाको इज्जत नपखालेस बा भन्ने गर्छन

मुकुन्द तिमल्सिना (अनुराग आयाम)
बेथानचाेक ३ काभ्रेपलाञ्चाेक