साहित्यिक रचना “बुहारी”:-सुस्मिता अधिकारी

  •   काभ्रे
  •   २६ जेष्ठ २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

बुहारी


आगनमा गाउभरीकाले सुन्ने गरि हास्ने मान्छे त्यहि आगनबाट आफुले रोजेको मान्छे उ संग प्रेम छ भनेर मरिहत्ते गरेर बिदाइ गरि पठाएपछि बात्सल्य गुमेर एकैकोठामा एकै ओछ्यानमा पल्टेर रुदै गर्दा अनुभव गरेको थिए…!!
बिगत हेरु कि भविस्य सम्झिउ भन्ने हालतले सम्हाल्न नसकेको बर्तमानको पाटो हो प्रेम…
बाबाले दिएको चकलेटसंग शसुरालाइ दिएको पानी दाजेको छु
आमाको काखमा शिर राखेर गुनासो गरेको शाशुआमाको पाउमा निधार राखेर ढोग गरेसंग दाजेको छु।
भाइसंग रिमोटकोलागि झगडा गरेको पकाएर कोठामा वोलाएर खुवाउदा छ्या भनेको अनुभव
पहिले मेरो छोरीलाइ खुवा अनि मात्र खान्छु भन्ने बाबाको हठ र मलाइ पुग्यो मलाइ पनि मलाइ पनि भनेर सबै हात चुठेर उठेपछि खाना खादै गर्दाको अनुभव यी सबै मैले प्रेमसंग दाजेको छु।
आमाको गालि आधा घन्टा सुन्दा नि हासेर हिडेको सम्झे जब साशुआमाले निधार खुम्च्याउनु भएको थियो मैले प्रेमलाइ दाजे यसपटक बाबाले छोरी भनि बोलाएको बाक्य ससुरा बावाले बुहारी नानी भन्दा मलाइ त्यो छोरी को मिठास प्यारो लाग्यो।
यो चाहियो त्यो चाहियो भनि हठ गरेको संग तुलना गरे आज तिमिलाइ यो ल्याइदेको छु भनि पति पर्मेश्वरले भनिरहदा खिस्स हासेर चित्त बुझाउदा भने प्रेम दाज्न मन लागेन।त्यो पटक पनि हठ मेरो थियो बाबा मलाइ उ मनपर्छ प्रेम गरेको छु भन्दा बाबाले हेर्नुभएको नजरमा देखेको शंका आज मैले आमाको बत्सल्य त्यो घर आगन मेरो हासो भाइसंगको लडाइ ढिलोसंमको सुताइ सबै गुमाएर पाएको मेरो पतिको साथमा प्रेम छ या तिनै मैले गुमाएको कुरामा प्रेम थियो दाज्न मन लाग्यो।
एकको आशामा गुमाएको ६ धेरै प्रिय थियो मेरो लागि तर दाज्न मन लाग्यो प्रेम मैले गुमाए या प्रेम मैले पाए..तर जे गुमाए त्यो छोरी भएर गुमाए जे मैले पाए त्यो बुहारी भएर पाए…?
यो दाज्न मन लाग्यो एकपटक जब बाबाले मलाइ छोरी छाड्दे ममिले गर्छे भनेर पन्छाएको काम आज ससुरा बाबाले छाडिदे बुहारीले गर्छे भनेको सुन्दा बुहारी शब्द छोरी संग दाज्न मन लाग्यो।
पसलबाट फर्कदा बाबाले चकलेट ल्याउनुभाको छ कि छैन होला भनेर निहालेको आज पतिले तरकारी ल्याउनुभयो कि छैन होला संग दाज्न मन लाग्यो।
छोरी बुहारी भनि के दाज्नु बिबाह अघि जस्तै आफ्नो सयन कक्ष आफ्नो बिस्तारा भन्न नपाएको संग दाज्न मन लाग्यो आफु जन्मेको घर र माइतिघर भनि दाज्न मन लाग्यो।
म त्यो छोरी रहन पाइन आमाको काखमा गुनासो गर्न नसकेको संग दाज्न मन लाग्यो प्रेम।
२१-२२ बर्षसम्म छोरी शव्दको प्रेम एकाएक बुहारी शब्द संग दाज्न मन लाग्यो एकपटक आफुलाइ दाज्न मन लाग्यो ।थकाइ लागेको छ सुत्छु ममि र थकाइ लागेको होला  तेल लगाइदिन्छु नि ममि विचको फरकसंग मलाइ छोरी बुहारी दाज्न मन लाग्यो…….!!
बाबा म पनि जान्छु र हजुरहरु जानू न बाबा बिचको परिस्थिति दाज्न मन लाग्यो।आज मलाइ छोरी बुहारी दाज्न मन लाग्यो?


लेखक:-सुस्मिता अधिकारी✍️
बेथानचाेक २ काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *