
काठमाडौं।ओमानका राजदूत शर्मिला पराजुली ढकालको प्रयासमा ४० लिटर अक्सिजन अट्ने ५ सय ५० थान सिलीण्डर नेपाल शनिवार पठाउने भएकाे छ।
नेपालमा बढदो कोरोना महामारीमा अक्सिजनको अभाबले धेरै नेपालीहरुले ज्यान गुमाईरहेको बेलामा मध्यपुर्बी मुलुकमा रहेका नेपालीहरुले अक्सिजन सिलीण्डर खरीद गरी नेपाल पठाउने अन्तिम तयारी गरेका छन ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रयासमा एनआरएनए मध्यपुर्बको पहलमा जम्मा गरिएको ५५० अक्सिजन सिलिण्डर शनिबार नेपाल पठाइदै छ । सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज जाने तयारीमा रहेको छ ।
एनआरएनए मध्यपुर्बका देशहरु ओमान,कतार,युएई,साउदी अरब,कुवेत र बहराईनमा रहेका गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशमा रहेका अन्य नेपाली संघ संस्था र समुदायको सहयोगमा ५५० अक्सिजन सिलिण्डर खरिद गरिएको हो ।
उनले नेपालमा यो विपत र महामारीको अबस्थामा आ आफ्नो तर्फबाट रकम जम्मा गरि सिलिण्डर खरिद गर्न उल्लेखनीय भूमिका खेलेकोमा एनआरएनए मध्यपुर्ब र त्यहाँ रहेका संघ संस्था सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्दता समेत ब्यक्त गरेकि छिन ।
ओमानमा रहेका गैर आबासीय नेपाली संघ(एनआरएन) एनसिसि,एनआरएनए मध्यपुर्व र नेपाली राजदुताबास ओमानको पहलमा ५ सय ५० थान सिलीण्डर नेपाल पठाउने तयारी गरीएको हो । प्रति सिलीण्डर ४० लिटर अक्सिजन अट्ने ५ सय ५० थान सिलीण्डर खरीद गरी नेपाल पठाउने अन्तिम तयारीमा रहेको हाे ।
खाडी मुलुकमा रहेका नेपालीहरुको स्वतस्फुर्त सहयोगमा करिब ७५ लाख लागत पर्ने नेपाली रुपेैया बराबरको अक्सिजन सिलीण्डर नेपाल पठाउन लागिएको हो ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
नेपालमा पछिल्लो समय अक्सिजनको अभाबमा धेरै कोरोना संक्रमितले ज्यान गुमाईरहेका छन । ‘सहयोगी सबै हातलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्दता समेत ब्यक्त गरे ।