काठमाडौं

जेठ २८ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले एसइई परीक्षा नगर्ने निर्णय गरेलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यसबारेमा थप स्पष्ट पार्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिकिया दिदै मन्त्री पोखरेलले लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकोले आवश्यक निर्णय गरिएको बताउनुभयो।
