एन प्याव्सन भक्तपुर र फिनिक्स बीच सम्झौता

  •   काभ्रे
  •   २७ फाल्गुन २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

अमर कृष्ण चन्द

एन प्याव्सन भक्तपुर र फिनिक्स बीच सम्झौता
भक्तपुर/ नेशनल प्याब्सन भक्तपुर , फिनिक्स मन्टेश्वरी तालिम सेन्टर कुमारीपाटी बीच सम्झाैता भएको छ ।
नेशनल प्याब्सन भक्तपुरले अाफ्ना सदस्य विद्यालयका विद्यार्थीकाे गुणस्तरीय शिक्षाको लागि फिनिक्ससँग सम्झाैता गरेको हाे । पूर्व प्राथमिक तह स्तराेन्नती विषयक अन्तरक्रिया कार्यक्रममा साे बारे जानकारी गराइएको हाे ।
नेशनल प्याव्सन विद्यार्थीहरुकाे गुणस्तरीय शिक्षाको लागि नेशनल प्याव्सन भक्तपुरले पूर्व प्राथमिक तह स्तराेन्नति कार्यक्रम २०७८ सुरु गर्ने भएको छ ।
एन प्याब्सन भक्तपुरले उक्त कार्यक्रम चैतदेखि सुरु गर्ने भएको हाे । आफ्ना सदस्य विद्यालयहरुमा शिक्षाको जगको रुपमा रहेको पूर्व प्राथमिक तह अर्थात् प्रिस्कुललाई प्रभावकारी, बालमैत्री र सिकाईमैत्री बनाउन पूर्व प्राथमिक तह अर्थात प्रि स्कुल लेभल सुदृढ गर्ने उद्देश्यले “पूर्व प्राथमिक तह स्तरोन्नति-२०७८” कार्यक्रमको सुरुवात गर्न लागेकाे हाे ।
एन प्याब्सन भक्तपुरले कार्यक्रम बारे सदस्य विद्यालयहरुसँग हालै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आगामी २०७८ चैत्रबाट सदस्य विद्यालयरुमा सुरु गरिने उक्त कार्यक्रमबारे सूर्यविनायकको पलाँसेस्थित काठमाडौं फन भ्यालीमा आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो ।

यस कार्यक्रमकाे लागि नेशनल प्याब्सन भक्तपुर र फिनिक्स मन्टेश्वरी तालिम सेन्टर कुमारीपाटीबीच सहकार्य गर्ने सम्झौता भएको छ । सहमतिसँगै विद्यालयलाई मजबुत बनाउन फिनिक्स मन्टेश्वरीले शिक्षकहरुलाई तालिम दिने, अभिभावक शिक्षा सञ्चालन गर्ने र आवश्यक शैक्षिक परामर्श समेत दिने लगाएतका सम्पूर्ण कार्यमा सघाउने भएको छ ।

अन्तरक्रिया कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले मन्टेश्वरीको बोर्ड र प्ले स्टेसन हुँदैमा राम्रो इसिडी तथा प्रिस्कुल नहुने भएकाले निरन्तर तालिम र शिक्षकहरुलाई पूनर्ताजगी प्रदान गरी शैक्षिक प्रवर्द्धनका लागि फिनिक्स मन्टेश्वरीसँग सहकार्य गरिएको बताए । एन प्याब्सन भक्तपुर विद्यार्थीहरुकाे गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरुकाे शिक्षाको मुख्य बेश पूर्व प्राथमिक तह बलियो बनाउन कठिबद्ध भइ लागेको अध्यक्ष खड्काले बताए ।

पूर्व प्राथमिक तहलाई बलियो बनाउने उपाय खोज्न र शिक्षालाई गुणस्तरीय बनाउन आयोजित अन्तरक्रियामा फिनिक्स मन्टेश्वरीकी संचालिका एवं प्रशिक्षकद्वय रीता घिमिरे तिमिल्सिना र रीता आचार्यले पूर्व प्राथमिक तहलाई स्तरोन्नति गर्नु आवश्यक रहेको बताउँदै सो तहमा रहेका विभिन्न समस्या पत्ता लगाएर समाधान गर्न सके मात्र शिक्षाको जग बलियो हुनेमा धारणा राखे ।

कार्यक्रममा नेशनल प्याव्सनका सदस्य विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरुले राखेको जिज्ञासको समाधान गर्दै उनीहरुले पूर्व प्राथमिक तहमा आएका नवीनतम् अभ्यास र आयामका सन्दर्भमा चर्चा गरेका थिए। प्रशिक्षकद्वयले बालबालिकालाई केन्द्रमा राखेर पठनपाठन गराउनु नै इसिडी, मन्टेश्वरी र ईसिईसिलगायतका विधि विकास भएको चर्चा गर्दै अभिभावक शिक्षालाई विद्यालयले जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरूले सिकाइका लागि क्रियाकलापमुखी शिक्षण विधि जरुरी रहेकाले विद्यालयको वातावरण र आवश्यकता अनुसार आफूहरुले विद्यालयलाई सघाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *