
काठमाडौं प्रहरीको सफलता चाईनिजले एटीएम ह्याक गरी पैसा निकाल्दै गर्दै पक्राउ ।
दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएस्पि अशाेक सिंहकाअनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो।
सिंहका अनुसार सिआओलङले एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए। उनी एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।
बिभिन्न बैंकहरुको ए टि एम बुथमा अस्वभाबिक रुपमा कुनै ब्यक्तिले रकम निकाल्न लागेको भन्ने बिशेष सूचना प्रहरीलाई प्राप्त हुना साथ काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले प्रहरी वृत्त दरवारमार्ग र परिसर काठमाडौको प्रहरी नायब उपरीक्षककाे कमाण्डमा प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा मंगलवार साँझ १७:३७ बजेको समयमा काठमाडौं जिल्ला -काठमाडौं महानगरपालिका वडा नं.२७ ज्याठा स्थितमा रहेको मेगा बैकको ए टि एम मेशिनको कि बोर्ड चाईनिज नागरिक बर्ष-२९ को वाङ सिओल ओङले अनाधिकृत रुपमा ए टि एम मेशिनको कि बोर्ड पिन नम्बर ह्याक गरी नगद रुपैया निकाल्न खोजेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई तलाशी गर्दै चाईनिज नागरिक बस्ने गरेको ज्याठा स्थित Hotel Montys को चौथो तलाको रुम नं.४०५ नम्बर कोठामा बस्दै आएका उनका साथबाट मोबाइल चार थान, विभिन्न किसिमको १० वटा चाबीसहितको झुप्पा, विभिन्न बैंकका एटीम कार्ड १० थान, ड्रिल मेसिन, पेनड्राइभ, हिडन क्यामेरा चार थान, चिनियाँ ऐन दुई हजार ३८२, अमेरिकी डलर ६५ र दुई हजार १०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
- दुई हप्ताकाे तालिमले नेपाली ब्राे बने अन्तर्राष्ट्रिय रेस्लिङ विजयी
- अन्तर्राष्ट्रिय कल वाईपास (VOIP)मा संलग्न २ जना पक्राउ
- सागर शर्माकाे नयाँ लोक कोसेली ‘लम्जुङ्ग भोटेवोडार’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)
- कोरोना संक्रमण विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की,सामुदायिक प्रहरी सेवा केन्द्र र समन्वय समितिकाे आयोजनामा जनचेतनामुलक कार्यक्रम
- प्रहरी हवल्दार तथा जवान लक्षित सिपविकास “House Wiring” तालिम सम्पन्न
उनलाई बैंकिङ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभएको छ ।