

ठुलो मात्रामा कटिङ्ग सुपारी बरामद

रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. को सीमा ईलाका हुँदै अबैध रुपमा भारततर्फ कटिङ्ग सुपारी चोरी निकासी हुँदैछ भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको नाै जनाको स्क्वार्ड टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर न.पा. ११ भुजौलीको सीमा ईलाकाबाट २० वटा बोरामा लुकाई छिपाई चोरी निकासी गर्न लागेको अन्दाजी मुल्य रु. ६ लाख बराबरको बेबारिसे १ हजार के.जी. बराबरको कटिङ्ग सुपारी बरामद गरेको गरेकाे हाे ।
उक्त कटिङ्ग सुपारी भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाउने प्रक्रियामा रहेको बटालियन कमाण्डर एसपी राजेश उप्रेती बताउनु भयाे ।
उप्रेतीका अनुसार कटिङ्ग सुपारीलाई कहाँबाट ल्याएको र ओसार-पसार कार्यमा को-को संलग्न छन् भन्ने बिषयमा थप अनुसन्धान भई रहेको जानकारी दिनुभएकाे छ।