एआईजीको दरबन्दीमा डीआईजी सहकुल थापाको नाम सिफारिस

  •   काभ्रे
  •   १४ असार २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाल प्रहरीमा थपिएको एकजना एआईजीको दरबन्दीमा डीआईजी सहकुल थापाको नाम सिफारिस भएको छ । वढुवा समितिको सोमबार बसेको बैठकले थापाको नाम सिफारिस गरेको हो।

हाल नेपाल प्रहरीमा प्रशासनतर्फ चार जना एआईजी छन् । चारमध्ये हरि पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाकै व्याची हुन् । उनीहरू सबैले एकै मितिमा अवकाश पाउनेछन् ।

यसअघि, सरकारले विश्वराज पोखरेललाई ब्याचबाट एकल एआईजीमा बढुवा गरेको थियो । एक ब्याचबाट एक जनालाई मात्रै एआईजी बनाइएको भन्दै संगठनभित्रै र बाहिर पनि विरोध भएको थियो । थप एकजना एआईजीको दरबन्दी थपिएसँगै त्यसले भावी आईजीपीको प्रतिस्पर्धामा पोखरेलसहित दुईजना हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *