
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन काठमाडौंका अधिकांश स्थानमा प्रहरी तैनाथ खटिएकाे छ । उपत्यका ५ हजार भन्दा बढि प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५० भन्दा बढि स्थानमा होल्डिङ सेन्टर बनाइएका छन् । बिभिन्न स्थानमा स्पेशल चेक प्वाइन्ट राखेर चेकजाँच गरिएको छ ।

उपत्यकामा जारी निषेधाज्ञालाई व्यवस्थित गर्न प्रहरीका उच्च अधिकारीहरु नै फिल्डमा खटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले सरकारले तय गरेको मापदण्ड पालना गराउन आफुहरु व्यस्त रहेको बताउनुभयो । त्यस्तै अनावश्यक रुपमा हिँडडुल नगर्न सर्वसाधारणलाई सम्झाउने बुझाउने काम पनि प्रहरीले गरेको बताउनुभयो ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया
जनतालाई सुरक्षित बनाउन आफुहरु पनि सुरक्षित हुँदै फिल्डमा खटिएको उहाको भनाई छ ।
प्रहरीले उपत्यकाभित्रको जाँचलाई प्रभावकारी बनाउनेदेखि सीमाक्षेत्रमा आवतजावतमा समेत कडाइ गरेको छ ।