
“सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ ” लेखिएको स्टिँकर उपत्यकामा चल्ने सम्पूर्ण माईक्रो तथा बसहरूमा स्टिँकर टाँस्ने जनचेतनामूलक अभियान ।
दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज काठमाडौंको न्यूरोड गेट अगाडि सवारीसाधनमा स्टिँकर टासिं कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान थालेको छ ।
“ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ उक्त अभियान गरिएको हो । ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक सन्जिव शर्मा दासले माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान गरिएको बताउनुभयो । उहाँले कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्ने उहाँले जोड दिनुभयो ।
उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक
सुनिल जङ्ग शाही,प्रहरी नायब उपरीक्षक सन्तोष रोका साथै अन्य प्रहरी अधिकृत तथा जवानहरूद्धारा सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिँकर टाँस गर्नुका साथै सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।
सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरू कायम गरी सवारी साधनको प्रयोग गर्नुहुन महाशाखाले विशेष अनुरोध गरेको छ ।
“सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ ” लेखिएको स्टिँकर उपत्यकामा चल्ने सम्पूर्ण माईक्रो तथा बसहरूमा टाँस गरिने प्रहरी उपरीक्षक सन्जिव शर्मा दासले बताउनुभयो । कोरोना भाईरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।