उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन ट्राफिक लाईट सञ्चालन

  •   काभ्रे
  •   ४ कार्तिक २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काडमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन काठमाडौंको त्रिपुरेश्वर चोकमा ट्राफिक लाईट सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको र रोटरी क्लब त्रिपुरेश्वरको सहकार्यमा त्रिपुरेश्वर चोक (भाटभटेनी अगाडि)को ट्राफिक लाईट नयाँ जडान गरी सञ्चालनमा ल्याइको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले दिए । उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक लाईट जडान गर्न पहल भईरहेको पनि बताए ।

पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए ।

ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्ण पालना गर्नका लागि सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *