भाद्र १७गते
काठमाडौं ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता भदाै २४ गते सम्म निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
काठमाडौं उपत्यकामा यस अघि भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा रहेको थियाे ।

बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।
एक साताका लागि पहिलेको भन्दा खुकुलाेसाथ निषेधाज्ञाको समय बढाइएको छ।’