उत्कृष्ट कार्य गर्नुहुने प्रहरी अधिकृतलाई प्रशंसा पत्र प्रदान गर्दै वरिष्ठ उपरीक्षक अशोक सिंह

  •   काभ्रे
  •   १७ कार्तिक २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

महानगरीय प्रहरी परिसर काठमाण्डौ,टेकुका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उत्कृष्ट कार्य गर्नुहुने प्रहरी अधिकृतलाई प्रशंसा पत्र प्रदान गर्नु भएको छ ।

महानगरीय प्रहरी परिसर,काठमाण्डौले आफ्नो मतहत तथा विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू मध्यबाट उत्कृष्ट काम गरेका साथै नेपाल प्रहरीको विभागिय मुल्य-मान्यता आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा विशेष योगदान पुर्‍याएका प्रहरी अधिकृत हरुलाई महानगरीय प्रहरी परिसरका टेकुका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पुरस्कार प्रदान गर्नु भएको थियो ।

काठमाडौं जिल्लामा बिभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरी आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरिएको काठमाडौ परिसरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *