
काठमाडौं ।
गृह मन्त्रालयले उच्चपदस्थ व्यक्तिहरूको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी तत्काल कटौती गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको सुरक्षा प्रमुखसहितको बैठकले हालै ल्याइएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत हुने सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।
सरकारको यो निर्णयबाट नियमविपरीत विशिष्ट व्यक्तिदेखि नेता र व्यापारीसम्मको सुरक्षामा खटिएका दुवै प्रहरीका करिब ६ सय सुरक्षाकर्मी फिर्ता हुनेछन् ।
कार्यविधिविपरीत खटिएकालाई फिर्ता बोलाई यथाशीघ्र जानकारी गराउन गृहले दुवै प्रहरीलाई निर्देशन दिएको छ ।
दुवै प्रहरीले नयाँ कार्यविधिविपरीत सुरक्षाकर्मी लिइरहेकालाई फिर्ता गर्न फोन गरिरहेका छन् । केहीले फिर्तासमेत गरिसकेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘नयाँ कार्यविधिलाई कार्यान्वयन गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘नियम पालनाका क्रममा कार्यविधिविपरीत खटिएका फिर्ता हुन्छन् ।’
नयाँँ कार्यविधिअनुसार सशस्त्र प्रहरीले मात्रै भिआइपीको सुरक्षामा खटिएका करिब चार सय सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्ने हुन्छ । मंगलबारसम्म करिब ५० जना फिर्ता भइसकेको सशस्त्रले जनाएको छ । नेपाल प्रहरीले पनि पूर्वमन्त्री, पूर्वसांसद तथा व्यापारीको सुरक्षामा खटिएका ५० भन्दा धेरै सुरक्षाकर्मीलाई फिर्ता गरिसकेको छ । व्यापारीहरू चन्द्र ढकाल, उपेन्द्र महतोले आफ्नो सुरक्षामा राखेका प्रहरी फिर्ता गरेका छन् । त्यस्तै, सशस्त्र प्रहरीले पनि पूर्वगृहमन्त्री र पूर्वमन्त्रीहरूबाट केही सुरक्षाकर्मी आएको जनाएको छ ।
नयाँ पत्रिका
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा