ईलका प्रहरी कार्यालय सिंगटीकाे ‘मास्क खै’ अभियान शुरु

  •   काभ्रे
  •   २६ श्रावण २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

ईलका प्रहरी कार्यालय सिंगटीले मास्क अभियान शुरु गरेको छ ।

सरकारले शनिबारदेखि मास्क अभियान शुरु गरेसंगै दाेलखा जिल्ला सिंगटीमा पनि मास्क अभियान शुरु गरिएको ईलका प्रहरी कार्यालय सिंगटीका प्रमुख प्रहरी निरीक्षक सुशील केसिले जानकारी दिए ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान शुरु गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्व बुझाउन अभियान शुरु गरेको निरिक्षक केसिले बताए । अभियानमा मास्क लगाउनुको महत्व बुझाइने र मास्क सही प्रयोग भए नभएको अनुगमन गरिने बताइएको छ ।
अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै प्रहरी निरिक्षक केसिले भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।

माक्स खै त अभियानमा ५०० पिस भन्दा बढी माक्स सर्वसाधारणलाई वितरण गरिएकाे थियाे । उक्त अभियान अन्तर्गत तपाईको मास्क खै ?, मास्क सही तरिकाले लगाउनुभयो ?, हिड्डुल गर्दा मास्क लगाऔं लगायतका प्ले कार्ड र ब्यानर सहित विगु गाउँपालिका ,सिंगटी हस्पिटल ,उद्योग वाणिज्य संघ सिंगटी, र स्थानिय जनप्रतिनिधिहरूकाे समन्वयमा सचेतना मुलक कार्यक्रम गरिएकाे प्रहरी निरक्षक सुशील केसिले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *