

इप्सनकाे नृत्य प्रतियोगिता सम्पन्न
भक्तपुर/इप्सन अन्तर्गतका सदस्य विद्यालयहरु बीच लाेक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
इप्सनकाे अायाेजना तथा इडेन गार्डेन स्कुलकाे सह अायाेजनामा सम्पन्न नृत्य प्रतियोगितामा इडेन गार्डेन स्कुलले बाजि मारेको छ । प्रतियोगितामा क्रमशः सेन्ट जाेन्स र क्वालिटी स्कुल दाेस्राे र तेस्रो हुन सफल भएका थिए भने पारिजात विद्याकुन्जले सान्त्वना उपाधि जिते ।
इडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन (इप्सन) ले लोक नृत्य सम्बर्द्धन र प्रबर्द्धनका लागि कार्यक्रम अायाेजना गरेको जनाएको छ । प्रतियोगितामा ९ वटा विद्यालयले सहभागी थिए । विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटनमा सहयोग गर्नका लागि संस्थाले स्कुलव्यापी विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ ।
प्रतियोगितामा इडेनले हुड्केली, सेन्ट जाेन्सले थकाली, क्वालिटीले काैरा तथा पारिजातले साकेला नृत्य प्रस्तुत गरेका थिए भने मदरल्याण्डले संगिनी, ग्लाेबलले नेवरी, हिमालले तप्पा, सुर्याेदयले तामाङ सेलाे र युनिटी स्कुलले झिझिया नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम इप्सनका अध्यक्ष जिबि खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।