इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाकाे जित

  •   काभ्रे
  •   ६ भाद्र २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

एजेन्सी ,भाद्र ६ गते

इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो ।

३३औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए । ३६औं मिनेटमा इन्टरका गोडीनले गोल गर्दै खेल खेल २-२ गोलको बराबरीमा पुर्‍याए ।

खेलको ७४औं मिनेटमा कार्लोसले गोल गर्दै सेभिल्लालाई ३-२ को जित दिलाए । कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो ।

यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।

पछिल्लो पटक सेभिल्लाले २०१६ मा युरोपा लिग जितेको थियो । इन्टरले सन् १९९८ यता युरोपा लिग जितेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *