इटालियन शीर्ष डिभिजन लिग सिरी ए फुटबलको नयाँ खेल तालिका सार्वजनिक

  •   काभ्रे
  •   २१ जेष्ठ २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

एजेन्सी,

इटालियन शीर्ष डिभिजन लिग सिरी ए फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको प्रतियोगिता जुन २० बाट पुनः सञ्चालन गर्ने तयारी छ ।
इटाली फुटबल फेडेरेसनले सार्वजनिक गरेको लिगको नयाँ तालिका अनुसार पहिलो दिन २ खेल हुनेछन् । पहिलो खेल टोरीनो र पार्माबीच हुनेछ भने दोस्रो खेलमा वेरोना र क्याग्लारीबीच प्रतिस्पर्धा हुनेछ । खेले नेपाली समय अनुसार राति साढे १ बजेबाट सुरु हुनेछ ।
नयाँ खेल तालिका अनुसार जुन २० मा २ खेल, जुन २१ मा २ खेल हुनेछन् । त्यस्तै यता, यो महिनाको अन्तिममा नभए जुलाईको पहिलो साता देखि दर्शकलाई सिरी ए हेर्ने व्यवस्था मिलाउने तयारीमा समेत लिग कमिटी छ ।
कोरोनाका कारण गत मार्चमा सिरी ए स्थगित भएको थियो । युरोप मध्येमा सबैभन्दा तीव्र रुपमा इटालीमा कोरोनाको असर देखिएपछि सरकारले लिगसहितका सबै खेलकुद गतिविधि रोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *