असार ८ गते काठमाडौं –

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ ।चेल्सीको जीतमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुडले एक एक गोल गरेका छन । एस्टनका कोर्टनी हाउसेले एक गोल गरेका हुन।
आइतबार राति एस्टनको मैदानमा भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
जीतसँगै चौंथो स्थानको चेल्सीले ३० खेलमा ५१ अंक जोडेको छ । चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीसँगको अंक दूरी समेत घटाएको छ । २६ अंक जोडेको एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।