आविष्कार केन्द्रलाई बाग्लुङका खेलाडी तथा मोडल तुलबीर थापाद्वारा ५० हजार सहयोग

  •   काभ्रे
  •   ३० कार्तिक २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

[आविष्कार केन्द्रलाई बाग्लुङका खेलाडी तथा मोडल तुलबीर थापाद्वारा ५० हजार सहयोग

कार्तिक-३० बाग्लुडं।जन्मदिनको अवसर पारेर एक युवाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गर्नुभएको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका पुर्ब भलिबल खेलाडी तथा मोडल तुलवीर थापा ‘समर्पण’लेसहयोग गर्नुभएको हो ।

शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले संयुक्त रुपमा उक्त सहायता रकम केन्द्रका संयोजक महावीर पुनलाई हस्तान्तरण गर्नुभयो । सहयोग ग्रहणपछि संयोजक पुनले प्रवासदेखि थापाले गर्नुभएको सहयोग र देखाउनुभएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताउनुभयो ।

थापाले तत्काललाई रु. ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको रु. पाँच हजार केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाउनुभयो । त्योसमेत गरी थापाको सहयोग रकम रु. एक लाख दश हजार पुग्ने छ । “जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो”, उहाँले भन्नुभयो ।

९ वर्षअघि जापान पुग्नुभएका खेलाडी तथा मोडल थापाको जापानको नागोया भन्ने ठाउँमा रेष्टुराँको व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उहाँ सक्रिय देखिनुभएको छ। घुम्टे युवा परिवार जापान शाखा र गलकोट सेवा समाज नागोया क्षत्रीय समितिका सह सचिवसमेत रहनुभएका थापाले यसअघि गाउँको विद्यालयलगायत सङ्घसंस्थालाई आर्थिक सहयोग गर्नुभएको थियो ।

प्राकृतिक विपद्का कारण समस्या झेलिरहेका परिवारलाई पनि उहाँले व्यक्तिगत रुपमा राहत सामग्री प्रदान गर्नुभएको थियो । प्रतिष्ठित ‘रोमन म्यागासेसे पुरस्कार’ विजेता पुन आविष्कार केन्द्रमार्फत व्यावहारिक विज्ञान तथा प्रविधिको खोज, अनुसन्धानमा सक्रिय हुनुहुन्छ । केन्द्रले पछिल्लो समय कोभिड–१९ विरुद्ध लड्न ‘पिपिई’लगायतका स्वास्थ्य उपकरणसमेत उत्पादन गरिरहेको छ ।

केन्द्रलाई सघाउन देशविदेशमा स्वतःस्फूर्त रुपमा नागरिक सहयोग अभियान पनि सञ्चालन भइरहेका छन् । पुनले वैज्ञानिक खोज, अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न केही वर्षअघि आविष्कार केन्द्र सन्चैलन गर्नुभएको थियो । समुन्नत देश निर्माणको अभियानमा आविष्कार केन्द्र सहयोगीसिद्ध हुने पुनको विश्वास छ ।

सामाजिक अभियान्तासमेत रहनुभएका पुनले आविष्कार केन्द्रका लागि बजेट नभएपछि केही समयअघि आफूले पाएका पदक तथा पुरस्कार बिक्रीमा राख्नुभएको थियो । सरकारले पनि आविष्कार केन्द्रका लागि आर्थिक सहायता दिँदै आएपनि त्यो प्रयाप्त नभएको पुनको गुनासो छ । ३२ बर्षपछि म्याग्दीको नागी भन्ने ठाँउमा जन्म लिई यो सालको दशैँमा नया पाईन्ट,कोट सिलाएको बिषयले चर्चा चुलिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *