आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल पराजित

  •   काभ्रे
  •   १ श्रावण २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौँ, १ साउन गएराती भएको प्रिमियर लिगमा च्याम्पियन लिभरपुललाई आर्सनलले २-१ गोलले पराजित गर्न सफल भएको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल पराजित भएको हो ।
खेलमा अग्रता लिभरपुलले लिएको थियो । लिभरपुलका लागि साडियो मानेले खेलको २० औँ मिनेटमा गोल गरे । तर, त्यसपछि आर्सनलले खेलमा प्रभाव जमायो ।
आर्सनलका अलेजेण्डर लाकाजेटीले खेलको ३२ औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको रेइस नेलसनले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
दोस्रो हाफमा थप गोल हुनसकेन र खेल आर्सनलले जित्यो । यो जितसँगै आर्सनलले ३६ खेलमा ५३ अंक जोडेको छ । आर्सनल लिगको नवौँ स्थानमा रहेको छ ।
त्यस्तै च्याम्पियन लिभरपुलको ९३ अंक रहेको छ । १०० अंक पुर्याउने लिभरपुलको सपना भने चक्नाचुर भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *