
सवारी नियम उल्लङ्घन गर्ने चालक र सह-चालकको आर्थिक प्रलोभन ईन्कार गर्ने ३६ जना ट्राफिक प्रहरीलाई एसएसपी जनक भट्टराईले आज सम्मान गर्नु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले ती ट्राफिक प्रहरीलाई टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका हुन् ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरसः पालना गर्दै आर्थिक प्रलोभनलाई इन्कार गरेर नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाहीको दायरामा ल्याउने ट्राफिकलाई हौसला प्रदान गर्न सम्मानित गरिएको एसएसपी जनक भट्टराईले बताए ।
उनले यसरी सम्मानित गरेपछि ट्राफिक प्रहरीबाट सम्पादन हुने कार्यमा पारदर्शिता र इमान्दारिता देखिन थालेको बताए । यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने धेरै ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ ।
महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा कमीकमजोरी, लापरबाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गर्न पनि आग्रह गरेको छ ।