आर्थिक प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्बाह गर्ने निरीक्षक शंकर खड्का पुरस्कृत

  •   काभ्रे
  •   २२ श्रावण २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्बाह गर्ने प्रहरी निरीक्षक शंकर खड्कालाई आज एक कार्यक्रमकाबीच पुरस्कृत एवं सम्मान गरेको छ ।

नगद पुरस्कृत सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक (इन्स्पेक्टर) शंकर खड्कासहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन् ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एवं निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एवं सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउदै आएको एसएसपी भट्टराईले प्रष्ट पारे । त्यस्ता खराब प्रबृत्ति बोकेका, घुस दिन खोज्ने चालकहरुलाई दैनिक जसो पक्राउ गर्दै आएको छ, त्यस्ता चालकहरुलाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै कडाईको साथ लग्दै जाने समेत बताए ।

उनले संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उच्चमा पुर्‍याउन बफादार एवं निष्ठावाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *