
नेकपा प्रचण्ड–नेपाल समूहबाट माघ २२ गते अर्थात आज आमहड्ताल आव्हान गरिएको छ । आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान गरिएको नेकपाको उक्त समूहले जनाएको थियाे ।
आमहड्ताल आव्हान गरिएसँगै विहानैदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुमा तोडफोड र आजगनी सुरु भएको छ ।
गोंगबूमा एउटा ट्याक्सीमा बन्दकर्ताहरुले आगो लगादिएका छन् । संवैधानिक परिषद नियुक्तिका साथै सरकारको प्रतिगमनकारी कदमका विरुद्ध सो समूहले आमहड्ताल आव्हान गरेको हो ।
त्यस्तै काठमाडौंका विभिन्न स्थानमा ५ भन्दा बढी ट्याक्सी, बसमा तोडफोड भएको छ । प्रहरीका अनुसार, जवजर्जस्ती बन्द गराउन खोज्नेहरु ५६ जना पक्राउ परेका छन् ।
अामहड्तालमा हुने ताेडफाेडलाई मध्यनर गरेर काठमाडौंकाे ,लगायत देशका विभिन्न स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति रहेकाे छ ।