” आफ्नै भान्जाको अपहरण पश्चात हत्या गर्ने अभियुक्त राजेश कुमार गुप्ता १३ बर्ष पछी पक्राऊ ” परेका छन।
काठमाडौं श्रावण ४ गते

भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुरका काठमाडौं खिचाँपोखरी बस्ने राेहित गुप्तालाई १३ बर्ष अघि अपरण गरि हत्या गरिएकाे थियाे जोरपाटीमा कक्षा-७ मा अध्ययनरत वर्ष ११ को रोहित गुप्ता मिति २०६४/०६/२४ गते बेलुका १७:०० बजेको समयमा घरबाट बाहिर निस्केका थिए । अपरिचित व्यक्तिले एक घण्टा फछि टेलिफोन गरी निजको बाबु बासुदेब गुप्तासँग छोरा अपहरणमा परेकोले रू.२,५०,००० (दुई लाख पचास हजार) फिरौती रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएको थिए ।राेहितका पिताले फिरौती रकम दिए पश्चात पनि बालक अपहरण मुक्त नभएको र खोजतलासका क्रममा तिनदिन पछि प्रहरी मिति २०६४/०६/२७ गते बेलुका २०:१५ बजेको समयमा काठमाडौं कमलादी स्थित गणेश मन्दिर नजिक सडक पेटिमा प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा लास फेला परेको थियाे सुचनाका आधारमा निजका आफन्त मार्फत रोहित गुप्ताको लाश सनाखत भएकाे थियाे ।
अनुसन्धानको सिलसिलामा बालक अपहरण तथा हत्याको योजनाकार निजकै सहोदर मामा राजेश कुमार गुप्ता रहेकाे खुलेकाे छ । काठमाण्डौं खिंचापोखरीमा कोठा भाडामा लिई निजको पसलमा पहिले काम गर्ने धादिङ घर भएको विष्णु सुनार समेतको संलग्नतामा जादु सिकाउने बाहानामा बोलाई उक्त गोप्य कोठामा लगी दुबै हात पछाडी लगी माईला भन्ने बिष्णु सुनारले नाइलनको डोरिले घाँटिमा बाँधी कस्दा रोहित गुप्ता चिच्याउन लाग्दा राजेश गुप्ताले रुमालले मुख थुनी दुबै जनाले घुडा समेतले थिचेर बालक रोहितको हत्या गरेको खुल्नमा आएको थियाे । घटना पश्चात निजहरूले मृतकको वुवासँग फिरौती वापत रू. २ लाख माग गरी उक्त रकम राजेशले नै लिई थानकोट त्रिभुवन पार्क लिई गएको र अपरिचित व्यक्तिहरू ट्याक्सीमा आएर सो रकम लिएर गएको भनी राजेश गुप्ताले मृतकको वुवालाई बहाना बनाएका थिए । बालकको हत्या पश्चात लाशलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादी गणेशस्थान नजिक सडकमा फ्याकेको खुल्नमा अाएकाे छ । त्यस पश्चात मृतकको वुवा बासुदेव गुप्तालाई समेत झुक्यानमा पारी राजेश गुप्ता निजसँगै बसी प्रहरी कार्यालयमा गई केही समय सम्म खोजतलाश गरेको बहाना समेत गरी तत् पश्चात राेहितका सराेदर मामा राजेश गुप्ता फरार रहेका थिए ।
घटनामा संलग्न बिष्णु सुनार मिति २०६४/०८/१२ गते प्रहरीले पक्राउ गरि हाल कारागारमा रहेको छन । हत्या प्रकरणमा संलग्न फरार राजेश कुमार गुप्ताको खोजतलाशको क्रममा मिति २०७७/०४/०३ गते जिल्ला सर्लाही, मलंगवा-०८, गोरखकालीबाट महाशाखाको टोलीद्वारा पक्राउ गरेकाे हाे।

पक्राउ अभियुक्त:
नाम : राजेश कुमार गुप्ता
उमेर : ४५ वर्ष
ठेगाना : भारत मुजफ्फापुर,नगर थाना आखाडाघाट ।
मिति: २०७७/०४/०४ गते