आफ्नै गीत ‘मायारी’मा मोड्लिङमा देखिन गायिका सुस्मिता

  •   काभ्रे
  •   २० मंसिर २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

आफ्नै गीत ‘मायारी’मा मोड्लिङमा देखिन गायिका सुस्मिता

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको आवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान पहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन ।

आफुले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा स्रोताहरुले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङतानले बताएकी छिन ।

भिडियाे यहा हेर्नुहाेला :-

सार्वजानिक गरिएको उक्त गीतलाई गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन । पारीजात रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो ।

देबराज गुरुङ्द्धारा निर्देशित भिडियोलाई गंगाराम राइले छायांकन, सम्पादन र कलर गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *