आफ्नै काकालाई हत्या गरी फरार रहेका ईन्द्र बहादुर तामाङ पक्राउ :-
आफ्नै काकालाई हत्या गरि फरार रहेका ईन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ। २०७७ साल बैशाख २१ गते कास्की जिल्ला पाेखरा महानगरपालीका वडा नं २० स्थित मजुवा जंगलकाे छेउमा छाप्राेमा वस्दै अाएका टंक बहादुर तामाङलाई रगताम्या बनाएर हत्या गरि विगत ६ महिना देखि फरार रहेका अभियुक्त ईन्द्र बहादुर तामाङलाई कास्की प्रहरीले लम्जुङ मध्यनेपाल नगरपालिकावाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कास्किका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले बताउनु भयाे ।
ओखल्ढुंगा जिल्ला साविक मुलखर्क गा.वि.स. वडा नं. २ हाल कायम सुनकोशी गाउपालिका वडा नं.५ बान्द्रे स्थायी वतन भई बिगत ३ बर्ष अगाडी देखी पोखरा तथा आसपासका ईलाकामा ज्याला मजदुरी गर्ने टंक २०७६ साल कार्तिक महिना देखी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणकोछेउमा काम गर्दै आएका थिए ।
घटनाकाे विवरण
मजुवा जंगल छेउमा रहेको पाल तथा स्याउलाले बारबेर गरी बनाएको छाप्रोमा टाउको तथा अनुहारमा गम्भिर चोट लागि रगताम्य भई मृत अवस्थामा फेला परेको भन्ने सुचना प्राप्त
२.घटना स्थल :- निज मृतक टंक बहादुर तामाङको टाउको र अनुहारमा चोटपटक लागि नाक, मुख र कानबाट रगत निस्केको अबस्थाको लाश रहेको ।
३.अनुसन्धान तथा कारवाही :-
(क) उक्त स्थानमा निज मृतक टंक बहादुर तामाङ, निजको दाईको छोरा ईन्द्र बहादुर तामाङ र जिल्ला सिन्धुली घर भई पोखरा बस्दै आएको बर्ष २४ को पन्थ बहादुर तामाङ संगै बस्ने गरेकोमा ईन्द्र बहादुर तामाङ खोजतलास गर्दा फेला नपरेको र पन्थ बहादुर तामाङ संग सोधपुछ गर्दा मिति २०७७।०१।२० गते बेलुकी ३ नै जना बसी रक्सी र मासु खाएको र भाँडा खसालेको बिषयमा निज मृतक टंक बहादुर तामाङ र ईन्द्र बहादुर तामाङ बिच चर्काचर्की रुपमा झै-झगडा सुरु भएपश्चात यिनिहरु सधै झगडा गर्छन आजपनि झगडा गरी सुत्न दिदैनन् भनि निज पन्थ बहादुर तामाङ घटनास्थलबाट अन्दाजी १५० मिटर टाढा रहेको नारायण भन्ने व्यक्तिको घरको पिढीमा गई सुत्न गएको र निज पन्थ बहादुर तामाङ भोलिपल्ट बिहान उक्त स्थानमा आउँदा टंक बहादुर तामाङको लाश देखेको र ईन्द्र बहादुर तामाङ नदेखेको बताएको ।
(ख)घटना सम्बन्धमा मृतकको छोराले ईन्द्र बहादुर तामाङको बिरुद्धमा किटानी जाहेरी दिएको ।
(ग)घटनास्थल मुचुल्का, लाशजाँच प्रकृति मुचुल्का र पोष्टमार्टम समेतको कार्य गरेको ।
(घ)निज प्रतिवादी ईन्द्र बहादुर तामाङलाई निज जानसक्ने बिभिन्न स्थानहरुमा खोजतलास गर्दा मिति २०७७।०७।०२ गते जिल्ला लम्जुङ सोती पसल स्थितमा फेलापारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको ।
(ङ)निज प्रतिवादी ईन्द्र बहादुर तामाङलाई प्रारम्भिक सोधपुछ गर्दा घटना घटाएको स्वीकार गरेको ।
(च)निज प्रतिवादी ईन्द्र बहादुर तामाङलाई कर्तव्य ज्यान मुद्धामा अनुसन्धान कार्य अगाडी बढाईएको ।
४.पक्राउ व्यक्तिको विवरण :-
नामथर :- ईन्द्र बहादुर तामाङ
उमेर :- ४६ बर्ष
ठेगाना :- जिल्ला ओखल्ढुंगा साविक मुलखर्क गा.वि.स. वडा नं. २ हाल कायम सुनकोशी गाउँपालिका वडा नं.५ बान्द्रे
पक्राउ मिति :-२०७७।०७।०२ गते ।
पक्राउ स्थान :- जिल्ला लम्जुङ मध्यनेपाल नगरपालिका वडा नं. २ सोतिपसल
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न