सकुन्द अधिकारी (वेथानचोक-२)
शिक्षक
आजाद मा वि, बनेपा
काेभिडले के गर्याे ???

काेभिड १९ले धेरै काम गर्याे ,आधुनिकताका नाममा हात मिलाउने परम्परालाई गलत सावित गर्दै हाम्रो मौलिक नमस्कारको चलन स्थापित गराउने काम पनि गर्याे।
सामान्य रुपमा हेर्दा विश्वमा काेभिड १९ नाेभेल काेराेना भाईरस मानव सभ्यता माथिकाे ठुलाे प्रहार भएकाे देखिन्छ ।सामान्य अवस्थामा आफ्नो जीवन बिताइरहेका लाखौं मानिसलाई एकाएक अस्पतालको बेडमा पुर्याउने मात्र हैन लाखौं मानिसको मृत्यु पनि भयो। विश्वलाई बन्द कोठामा थुनेर अाफु विश्व भ्रमण गर्याे । काेभिड १९ले धेरै काम गर्याे ।आधुनिकताका नाममा हात मिलाउने परम्परालाई गलत सावित गर्दै हाम्रो मौलिक नमस्कारको चलन स्थापित गराउने काम पनि गर्याे । औपचारिक वा अनौपचारिक रुपमा शिक्षा प्राप्त गरेका अाम मानिसलाई एउटा प्रश्न खाना खानु अघि के गर्नुपर्दछ? भन्ने प्रश्न गर्याे भने सत प्रतिशतकाे जवाफ एउटै अाउछ हात धुनुपर्ने । तर खाना खानुअघि के गर्दछन भनी व्यवहारिक रूपमा हेर्ने हाे भने पुर्णरूपमा हात धुने कमै थिए तर काेभिडले ले त एक पलमा सिकाइयो ।दाैडधुप र व्यस्तताले अस्तव्यस्त भएका मानव समाजलाई फुर्सदिलाे मात्र बनाएन वर्षाै पछि अाफ्नो घरको कुना कुना सफा गर्ने समय पनि निकालिदियाे सुर्य र बाबालाई एकैपटक भेट्न नपाउने सन्तानलाई आफ्नाे आमाबुवाको काखमा बसेर घाम ताप्ने वातावरण बनाईदियाे तितरवितर भएका परिवारका सदस्य एकैठाउँ बस्न सफल भए ।मन मिल्ने साथिहरू वरिपरि बसेर एउटै प्लेटमा जुठाे खाने मानिसलाई खान नहुने बनायाे ,साथि पाे मेराे उसकाे शरिरमा भएकाे राेग र फाेहाेर त मेराे हैन भन्ने ज्ञान दिए कै हाे ।
हिजोसम्म युराेप अमेरिका ठूलो हो भनेर Dv र PR काे चक्करमा घमण्ड गर्नेहरुलाई आफ्नो जन्मभूमि हरियाली खोलानाला सभ्यता पहिचान र संस्कृतिको पनि राम्रो याद पक्कै दिलायो।
धर्तीमा पाइला टेक्नु भन्दा पहिला विदेशिएका अाफ्नाे बाबुलाई दशौं वर्ष नदेखिएको सन्तानले आफ्नो बाबुलाई आन्दोलन गरेर हाेस या खाेलामा हाम फालेर भएपछि घर आउँदैछन् भन्दा कम्ती खुशी लाग्यो होला त!
गाउँघरमा बर्सेर हावाहुरी चल्दा कपडाले यसो मुख छाेप्दा कसैकाे नभएकाे पेरूङ्गाे कट्टु तेराे भन्नेहरु पनि
आज कपडा माक्स ,सर्जिकल माक्स N 90,N 95 जस्ता माक्स लगाए । अाफु पनि सुरक्षित र अरूलाई पनि सुरक्षित राख्ने कुरा विश्वमा सावित गर्याे माक्सकाे कार्यक्षमता विश्वले बुझ्याे।हजुरबुवाले बेसार पानी खादा खिसि गर्ने नातिले पनि बेसार पानीको महत्व बुझ्यो।
असाध्यै पढ्ने मन लागेर ल्याएको किताबमा कटकटिएको धुलो पुस्ने मात्र होइन कि त्यस भित्रका बैाद्धिक ज्ञान अार्जन गर्ने वातावरण बनाईदियाे ।
दुई चारभाइ भेट भएर चिया खाँदै गफ चुट्नहरूलाई छटपटी हुने बनाईदियाे ।सधै व्यस्त छु भन्ने मनुवालाई प्रविधिसंग जुडाईदियाे वास्तबमा हामी प्रविधिकाे युगमा रहेछाै भन्ने अावास भयाे ।भेटेर मिटिङ गर्नेहरू ,जुम, गुगल ,भाईबर ,ईमाे जस्ता सामाजिक संजालमा पनि मिटिङ गर्न सकिनेमा विस्वस्त पारिदियाे ।
एक वर्ष विद्यालय पठाउँदा क देखि ज्ञ सम्म भन्ने नजान्ने बालबच्चालाई दुई महिनामा स्मार्टफोनको नया नया अप्लिकेसनमा खेल्न र पढ्न सिकाएको छ नेपाल कृषि प्रदान देश भनिए पनि हामीलाई विश्वविद्यालयले सिकाउन नसकेको कृषिको महत्व काेराेनाले छोटो समयमा सिकाएको छ
यसरी केही दुख अभाव र आन्तरिक सुरक्षाको जोखिमका बीचमा हामीभित्र रहेका महत्वपुर्ण कला बाहिर ल्याउने ,आफुमा भएका प्रतिभा निखार र
पार्ने ,लेखन शैली ,रचनात्मक शैलीकाे विकास संगै सरसफाईमा पनि उतिकै ध्यान दिने बनायाे ।
हाम्राे सनातन परम्पराका सकारात्मक कुरालाई व्यवहारमा लागू गर्दै आधुनिक जीवनलाई परिमार्जित गर्दै काेराेनाले चुनौतीलाई अवसरमा बदल्ने समय दिएकाे छ यसकाे सबैले सदुपयाेग गर्न सकेमा सबैमा परिवर्तन हुने थियाे ।

काेराेनाबाट आफु पनि बचाै अरूलाई पनि बचाउ ।
साबुन पानीले मिचि मिचि हात धोऔं।