आजबाट पुन जाेर बिजोर प्रणाली लागु , मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिबाना गर्ने,

  •   काभ्रे
  •   २२ श्रावण २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं श्रावण२२ बिहिबार

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा सुरक्षा मापदण्ड कडाइका साथ लागु गराउने उल्लेख छ ।

मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिबाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ । यी जिल्लाका सहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी सरकारको निर्णय बमोजिम आवागमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या पुनः बढेपछि सरकारले जोर बिजोर प्रणाली लागु गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार लकडाउन खुलेपछि संक्रमितको संख्या बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *