मिति २०७७ साल असार ३१ गते, बुधबार । ईश्वी सन् २०२० जुलाई १५ तारिख । आजकाे राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्य हरुविच घनिष्टता बढेर जानेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सोचे अनुरुप प्रगति नहोला । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन्। दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि मनग्गने धन आर्जन गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ। खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ। मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुदै जानेछन्। प्रेम तथा मित्रताको वन्धन कसिलो हुनुको साथै जीवन साथिको हरेका पाईलामा समर्थन पाइने योग रहेकोछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कृषी तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ। तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ। तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध सुदृड भएर जानेछ। बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । माया प्रेम तथा पति पत्नि बिच विश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ। पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।
राशिफलले जे जस्ताे भनेपनि तपाईकाे दिन शुभ बिताेस।