
आजकाे भाग्यफल
२०७७ फाल्गुन ३ गते साेमबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिन सकारात्मक हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने समय छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो समयदेखि गर्न नभ्याएको काम गर्ने समय छ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। चलअचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएको काम बन्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। विभिन्न अवसर प्राप्त हुने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। मिहिनेतले लाभ दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धी कमाउने कुनै काममा मन जानेछ । कार्यक्षेत्र वा व्यापार व्यवसायका क्षेत्रमा फाइदा लिन सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेत र परिश्रम खेर जाँदैन । लगानी, दौडधूप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अनुभवीको सल्लाह सुझाव लिएर नयाँ काममा हात हाल्दा राम्रो हुन्छ पशुधन र जमिनबाट लाभ मिल्नेछ । आमाको सहयोगबाट लाभ लिन सकिनेछ । गरिआएको कामबाट फाइदा लिन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदा र आम्दानीका सम्भावनाहरु प्रशस्त देखिनेछ तर काम गर्ने ठोस वातावरण नपाउदा दिक्क लाग्नेछ । उद्योग र व्यापारमा देखिएको समस्या समाधान गर्न सकिनेछ । छोटो समयमा मनग्गे फाइदा हुनेछ। आम्दानी बढ्नुका साथै जीवनशैलीमा पनि परिवर्तन आउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्र वा व्यापार व्यवसायमा रमाउने समय छ । प्रतिस्पर्धीहरुले अप्ठ्यारोमा पार्ने प्रयास गर्छन । गरेका कामले धेरैलाई फाइदा दिलाउन सक्छ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो काममा जग बसाउने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवासयिक उद्देश्यले सानोतिनो यात्राको सम्भावना देखिन्छ । आम्दानीका दृष्टिकोणले समय कमजोर छैन तर सोचेजति खट्न नपाउदा मन खिन्न हुनसक्छ । बोलीकै भरमा काम सम्पन्न गर्न सकिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज महत्वाकांक्षी योजना गोप्य राखेमा मात्र सफल भइनेछ । तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुख पाइनेछ। विदेशको भ्रमणका लागि प्रयास गर्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
निर्णय क्षमता र बुद्धिको सही उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतियोगिता र प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विगतको क्रियाकलाप वा परिश्रमको पारिश्रमिक वा सम्मान पाउने समय हो । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नचिताएको ठाउँमा धेरथोर धन प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने छ । व्यापारमा पनि लाभ मिल्ने देखिन्छ ।
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रविधि र सीपको विकास गर्ने समय हो । यसबाट प्रतिष्ठा, मानसम्मान आदि पाउन सकिनेछ । आकर्षक उपहारसमेत प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।