आजकाे भाग्यफल मंसिर २९ गते साेमबार

  •   काभ्रे
  •   २९ मंसिर २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

वि.सं२०७७ मंसिर २९ गते साेमबार

आजकाे भाग्यफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीमा नियन्त्रण राख्नुहोला । गोपनीयता बाहिरिनाले काममा बाधा पर्नेछ। दौडधुपमै समय बित्नेछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
। साथीभाइको सल्लाहल गरिएको कामबाट फाइदा लिन सकिनेछ । पेसा वा व्यवसायबाट लाभ मिल्नेछ । स्वास्थ्य सबल छ । मेजमानीको अनुकूलता मिल्नेछ । परोपकारका क्षेत्रमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य सबल रहेको छ । लामो समयदेखि रोकिएको कामहरु बन्नसक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। शारीरिक प्रतिस्पर्धा र न्याय सम्पादनको काममा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको चिन्तन र उपाय लाभदायी हुनेछ । रोकिएका काममा पुनः लगनशीलता देखिएमा सफल भइनेछ । आफ्नो निर्णयमा गरेका काममा सफलता मिल्नेछ । अर्काको काममा व्यस्त हुँदा आफ्नो काम भने रोकिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरमा जेष्ठ नागरिकको सेवासुश्रुषामा समय बित्नेछ भने अफिसमा हाकिमको इच्छानुकूल् चल्नुपर्ने हुन्छ । घरायासी वातावरणमा सुधार आउनेछ । मानसिक रुपमा सबल भइनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिनदुःखीलाई गरेको सहयोगले भाग्योन्नती हुनेछ । श्रमिक वा कामदारले कार्यक्षेत्रमा लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिर्घकालिन फाइदाका लागि गरिएको काममा सफल भइनेछ । साझेदारीको कामले लाभ दिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन् । नातेदार र कुटुम्बको सहयोग पाइएला र व्यापार व्यवसायमा देखिएको समस्या समाधान गर्न सकिनेछ । पुरानो धन हात पर्नसक्छ । लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मविश्वासमा कमि आउनेछ । छिटो समाप्त हुने कामबाट फाइदा लिन सकिनेछ । दिर्घकालिन कामको थालनी आज नगर्नुहोला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लगाउनु राम्रो हो । कामधन्दाप्रति दिलचस्पी बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो विश्वास र निर्णयमा काम गर्ने दिन हो, अरुको भर नपर्नुहोला । गोपनीयता अपनाउनुहोला । छिमेकीलाई सहयोग गर्न धन लगानी गनुपर्नेछ । परापकोरी र दानपुण्यका क्षेत्रमा लगानी बढ्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा सिनियर कर्मचारी र घरमा मान्यजनको आशिर्वाद बटुलेमा मात्रै सफल हुन सकिनेछ । बाँकी बक्यौता रकमको कारोबार मिलाउन प्रयास गर्ने समय हो । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानातिना घरायासी काममा आजको समय बित्नेछ । पैतृक सम्पत्तिको कारोबारबाट लाभ लिन सकिने समय छ । श्रमको मूल्याङ्कन नहुँदा मन निराश हुनसक्छ । आम्दानीका मार्गहरु देखिनेछन् तर खट्ने अनुकूलता हुनेछैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज हातमा सह भएको दिन हो, कुनै नयाँ काम शुरु गर्दा दुरगामी फाइदा हुनस्क्छ । आज प्रयास गर्ने समय छ । व्यापार व्यवसाय अरु दिनको तुलनामा आजको दिन अझ राम्रो हुनेछ । सामाजिक वा परोपकारी कामबाट प्रशंसा मिल्नेछ ।

राशिफलले जे जस्ताे भने पनि तपाईकाे आजकाे दिन शुभ रहाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *