

बनेपा÷निषेधाज्ञाले थलिएका सहर छेउछाउका केही मजदूरहरूलाई बनेपाका केही युवाले राहत वितरण गरेका छन् । बनेपा र अठ्ठाइस किलोका कोरोना भाइरसको दोस्रो वेभले आर्थिक संकटमा परेका अति गरिब र विपन्न १२ परिवारलाई केही जुझारु युवाले पहिलो चरणको राहत वितरण गरेका हुन् ।
बनेपा सहर छेउछाउका आँखा नदेख्ने, एकल जीवन गुजारा गर्दै आएका बुढाबुढी, असक्त र विपन्नलाई युवाहरूले प्रतिव्यक्ति ३० किलोको एक बोरा चामल, तेल, चिनी, नुन, दाल, साबुनलगायत अत्यावश्यक खाद्यान्न बाँडेका हुन् ।
‘अहिले बाँच्नु नै प्रमुख विषय हो’, राहत बाँड्न सहयोग गरिरहेका लेखक दिनमान गुर्मछानले भने, ‘थोरै खाद्यान्नले मात्रै पनि स्थानीयको जीवनशैलीमा सामान्य सहयोग होला भन्ने लागेर राहत बाँडेका हौं ।’ स्थानीयलाई राहत वितरण गरिरहेका अगुवा फोटो पत्रकार दिपक तोलांगेका अनुसार, केही सहयोगी हृदय भएका साथीहरूको थोरै–थोरै आर्थिक सहयोगमा राहत वितरण सम्भव भएको हो । ‘निषेधाज्ञामा हामीले वरिपरिका मान्छेहरूको विपन्न अवस्था देखेर सामान्य सहयोग गरेका हौं ।
यो पहिलो चरणको राहत सहयोग हो । दोस्रो चरणको राहत वितरण गर्न सकिन्छ कि हेर्दैछौं’, तोलांगेले भने । राहत बितरणमा पत्रकार दीपक सापकोटा, सुकदेव थपलियालगायत पनि सक्रिय थिए । जर्मन महिला उता डितरिचले केही आर्थिक सहयोग पठाएकी थिइन् ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश