असई र जवानकाे हत्यामा संलग्न ७ जनालाई पक्राउ /कैलाली

  •   काठमाडौं
  •   ४ कार्तिक २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । कैलालीले घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई प्रहरी सीमा क्षेत्रबाट पक्राउ गरेको हो । प्रारम्भमा १३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिए पनि ७ जनाको मात्र संलग्नता पुष्टि भएको हो । उनीहरुले असई विकले मटर तस्करीमा अवरोध गर्न खोजेपछि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन ।

सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरुले खोज्दा पनि शव नभेटिइरहेका वेला पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो । यसक्रममा विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउद भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *